(१) निवेदकले ऐनको दफा ७ बमोजिम सूचना माग गर्दा बुझाउनु पर्ने दस्तुरको सम्बन्धमा प्रचलित कानूनमा छुटृै व्यवस्था गरेकोमा सोही बमोजिमको दस्तुर र त्यस्तो दस्तुरको व्यवस्था नगरेकोमा देहाय बमोजिमको दस्तुर सम्बन्धित सार्वजनिक निकाय समक्ष बुझाउनु पर्नेछ :–
(क) सामान्य आकारको (आठ दशमलब तीन इन्च चौडाइ र एघार
दशमलब सात इन्च लम्बाइसम्म साइज भएको) कागजमा तयार
गरिएको वा रहेको सूचनाको लागि प्रति पृष्ठ पाँच रुपैंयाँ,
(ख) खण्ड (क) मा उल्लेख भएभन्दा ठूलो आकारको कागजमा तयार
गरिएको वा रहेको सूचनाको लागि प्रति पृष्ठ दश रुपैयाँ,
(ग) डिस्केट, सीडी र अन्य यस्तै प्रकारका विद्युतीय माध्यमद्वारा प्रदान
गरिने सूचनाको लागि प्रति डिस्केट, सीडी वापत पचास रुपैयाँ,
(घ) सार्वजनिक निकायमा रहेको कुनै लिखत, सामग्री वा सो निकायको
काम कारबाईको अध्ययन वा अवलोकन वा सार्वजनिक महत्वको
निर्माण कार्य भइरहेको स्थलको भ्रमण वा अवलोकन आधा
घण्टाभन्दा बढी समय गर्ने भएमा प्रतिघण्टा प्रतिव्यक्ति पचास
रुपैयाँ ।
तर सार्वजनिक पुस्तकालय र सार्वजनिक रूपमा निशुल्क
उपलब्ध गराइएको स्थानको अवलोकन वापत दस्तुर लाग्ने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सामान्य आकारको (आठ
दशमलब तीन इन्च चौडाइ र एघार दशमलब सात इन्च लम्बाइसम्म साइज भएको)
कागजमा तयार गरिएको वा रहेको दश पृष्ठ सम्मको सूचना सम्बन्धित सार्वजनिक
निकायले निशुल्क उपलव्ध गराउनु पर्नेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सूचना तयार गर्दा सो
उपनियममा लेखिएभन्दा बढी खर्च लाग्ने भएमा सार्वजनिक निकायले वास्तविक लागतको
आधारमा दस्तुर निर्धारण गर्न सक्नेछ ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक निकायले
सूचना दिंदा लिने दस्तुर वापतको रकम नगदै लिने वा कुनै खास बैंकमा जम्मा गरी सोको
भौचर पेश गर्न लगाउन वा सो रकम बराबरको टिकट निवेदनमा टाँस गर्न लगाउन
सक्नेछ ।
(५) यस नियममा लेखिएको सूचना वापतको दस्तुर प्रत्येक दुई वर्षमा पुनरावलोकन
गरी अद्यावधिक गरिनेछ ।
४क. मौखिक रुपमा सूचना माग गर्न सक्ने :- (१) ऐनको दफा ७ बमोजिम सूचना प्राप्त गर्न चाहने
व्यक्ति निरक्षर वा शारीरिक रुपले लेख्न नसक्ने भएमा निजले मौखिक रुपमा पनि सार्वजनिक
निकाय समक्ष सूचना माग गर्न सक्नेछ ।
(२) कसैले उपनियम (१) बमोजिम मौखिक रुपमा सूचना माग गरेमा सम्बन्धित
सूचना अधिकारीले निजको कुरा निवेदनको रुपमा लेखी सो व्यहोरा निजलाई सुनाई त्यस्तो
निवेदनमा निजको सहीछाप गराई राख्नु पर्नेछ ।